जन्मदिनको अवसरमा युवा समाजसेवी सिंहले गरे क्लबलाई खेलकुद सामग्री हस्तान्तरण

अत्तरिया, कैलालीको गोदावरीका युवा समाजसेवी नेता योगेश सिंहले आफ्नो जन्मदिनको अवसरमा गोदावरी नगरपालिका वडा नं १० काे न्यु सीतापुर युवा क्लबलाई खेलकुद सामग्री सहयोग गरेका छन् ।

क्लबका पदाधिकारीहरूलाई खेलकुद सामग्री सहयोग गरेका हुन् ।

पछिल्लो समय युवाहरू विभिन्न किसिमका कुलतहरूमा फसिरहेका घटनाहरू दिन प्रतिदिन आइरहेकाले युवाहरू खेलकुद प्रति प्रेरित गर्ने उद्देश्यले युवा समाजसेवी याेगेश सिंहले खेलकुद सामग्री क्लबलाई हस्तान्तरण गरिएको नेकपा एमाले गोदावरी नगर कमिटी सचिव विक्रम बिष्टले बताए।

फजुल खर्च गर्नुभन्दा समाजका यी यस्ता क्षेत्रमा सानोतिनो भए तापनि सानो सहयोगले खेलाडी भाइ बहिनीहरूलाई सहयोग पुग्ने उहाँले बताउनुभयो।

 

ताजा समाचार