फेसबुकमा हाेईन २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्ने हाे प्रधानमन्त्री ज्यु : पुर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं , प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् ।

प्रनितिधिसभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले बोलेका हुन् ।आफ्नो चाहे जस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन,।

अबको क्याविनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ ।’उनले अगाडि भने, ‘यदि अबको क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत ।’

 

ताजा समाचार