साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौँ, साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबिच भिडन्त हुने भएको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा अघिल्लो पटकको विजेता भारतलाई टाइब्रेकरमा बंगलादेशले हराएसंगै उपाधिका लागि नेपाल  र बंगलादेशबिच प्रतिस्पर्धा हुने भएको हो।

यस अघि आयोजक नेपाल आइतवार भएको पहिलो सेमिफाइनलमा भुटानलाई पराजित गर्दै फाइनलमा पुगेको हो। लिग चरणमा नेपालले बंगलादेशलाई हराएको थियो। फाइनल खेल बुधवार २ः३० बजे सुरु हुनेछ।

यस अघि फाइनल खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने भनिए पनि अन्ततः सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा नै हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।

 

ताजा समाचार