कैलालीको स्याउले बजारमा गौरा पर्व विशेष मेला हुने

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेमा गौरा पर्व बिशेष मेला हुने भएको छ। गौरा विशेष मेला विश्वनाथ महादेव मन्दिर परिसरमा हुन लागेको हो ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी गौरा पर्व मेला समितिका संयोजक गोपाल देउवाले भदौ १० गते बाट १६ गते ७ दिन सम्म मेला सञ्चालन हुने भएको गौरा मेला आयोजक समितिले जानकारी दिए।

गौरा मेला समितिका संयोजक गोपाल देउवाले संस्कृति संरक्षणका लागि गौरा मेला लाग्ने भएको बताए । गौरा मेला विशेष गरी स्थानीय महिलाहरुलाई समेटेर उपसमिति बनाउने र यस क्षेत्रका महिलाहरुले उक्त मेला अवधि भरी आफ्नो देउडा प्रस्तुति गर्ने छन् भनेर भने।

उनले स्थानीय कलाकारहरुलाई प्राथमिकता दिएर ३ दिन सम्म स्थानीय कलाकारहरुको प्रस्तुति गराउने साथै ४ दिन सुदुरपस्चिम प्रदेशमा रहेका ९ वटै जिल्लाका विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुलाई आमन्त्रित गराएर प्रस्तुति रहने भएको बताए।

उनले यस क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरूलाई पनि संस्कृतिको जगेर्ना गर्न निम्ति सहभागी गराएर उनीहरु भित्र भएको कलालाई प्रदर्शनी गराउने बताए।

उनले रीतिरिवाज, संस्कृति जोगाउनका निम्ति सञ्चालन गरिने गौरा मेलामा यस क्षेत्रका समाजसेवी, बुद्धिजिवि,व्यवसायी, लगायत सम्पूर्ण सुदुरपस्चिम बासीहरुले सफलतापूर्वक कार्यक्रम साथ दिई सफल पार्न आग्रह गरे। ७ दिन सम्म संचालन हुने गौरा मेलामा २ देखि ३ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको बताएका छन ।

 

ताजा समाचार