मोटरसाईकल दुर्घटनामा अत्तरियाका पत्रकार बिष्ट घाईते

अत्तरिया ,मोटरसाईकल दुर्घटना हुँदा अत्तरियाका पत्रकार प्रेम बिष्ट घाइते भएका छन ।

शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका – २ स्थित भित्रि सडकमा मोटरसाईकल अनियन्त्रीत हुँदा बिष्ट घाईते भएका हुन । उनको बाँया हातमा चोट लागेको छ ।

उनको अत्तरियास्थित पद्मा अस्पताल मा उपचार भैरहेको उनको पारिवारीक स्रोतले जनाएको छ ।

 

ताजा समाचार