नेपालले यू-१९ क्रिकेट विश्वकपको एसिया छनोट आयोजना गर्ने

अत्तरिया , नेपालले अन्डर १९ क्रिकेट विश्वकपको एसिया छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी वर्षको अप्रिल १२ देखि २१ गतेसम्म हुने छनोट खेल नेपालले आयोजना गर्ने जिम्मेवारी पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

एसिया छनोटमा नेपाल, अफगानिस्तान, हङकङ, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) खेल्नेछन्।

प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यु१९ विश्वकपमा सहभागी हुन पाउनेछन्।

यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो।

 

ताजा समाचार