सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी,हिमताल फुटेको हुनसक्ने आशंका

काठमाडौं , सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ ।

स्थानीयका अनुसार केही दिनदेखि वर्षात भइ सकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन ।

त्यसैले माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ । ‘हिमपहिरो हो कि हिमताल फुटेको एकिन भइसकेको छैन’ प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भनिन् ।

 

ताजा समाचार