सुप इन्चार्जको जिम्मेवारी सहित गृह प्रदेश पुगेका सचिवलाई स्वागत गर्न किन पुगेन्न, पूर्वमन्त्री र पूर्वमेयर

अत्तरिया , नेकपा एमाले सचिव लेखराज भट्ट इन्चार्जको जिम्मेवारी सहित गृह प्रदेश आएका छन् । प्रदेश इन्चार्जको जिम्मेवारी पाएपछि पहिलोपटक भट्ट आफ्नो प्रदेश आएका हुन ।

शुक्रबार बिहान ९ बजे गेटा बिमानस्थल भएर सचिव भट्ट आएका थिए। उहाँलाई स्वागतको लागि पार्टीका नेता कार्यकर्ताहरु एअरपोर्ट पुगेका थिए । जसमा प्रदेश कमिटी, जिल्ला कमिटी, नगर कमिटीका नेताहरूको उपस्थिति रहेको थियो।

यस क्षेत्रमा नेतृत्व गरिरहेका अधिकांश नेताहरू स्वागतका लागि एयरपोर्ट पुगेका छन्। स्वाभाविक रूपमा आज उहाँलाई स्वागत गर्नु महत्वपूर्ण मानिन्छ। किनभने लामो समय कर्णाली प्रदेशका इन्चार्ज थिए। केही दिन अघि बसेको सचिबालयको बैठकले मिसन ८४ लाई लक्षित गरि भूगोल केन्द्रित नेताहरूलाई जिम्मेवारी दिएर गृह प्रदेश पठाएको छ।

प्रदेशभरिकै नेताहरूको उपस्थिति हुन नसकेता पनि उहाँका भूगोलभित्रका नेताहरू उपस्थित हुनुहुन्थ्यो त्यसमा केही नेताहरू स्वागतका लागि उपस्थित नभएको पाइन्छ। जसमा पूर्वमन्त्री कृष्णराज सुवेदीलाई सोध्दा तपाईँ किन उपस्थित हुन सक्नुभएन इन्चार्जको स्वागतका लागि भन्दा उहाँले आफूलाई कुनै किसिमको जानकारी नपाएको प्रतिक्रिया दिएका छन्।

आफू कुनै पनि पदमा नभएकाले पद र कमिटीमा भएका साथीहरूलाई मात्र जानकारी भएको हुन सक्ने उहाँको प्रतिक्रिया थियो। त्यससँगै पूर्व नगर प्रमुख हरिसिंह साउदलाई सोध्दा उहाँले पनि आफूलाई जानकारी नपाएको प्रतिक्रिया दिएका थिए ।

तर हिजोको दिनमा कृष्णराज सुवेदीभन्दा हरिसिंह साउद इन्चार्ज लेखराज भट्टका निकट पात्रका रूपमा चिनिन्थे। कार्यक्रम उहाँ प्रदेश आइरहेको खबर सुन्दा एयरपोर्ट पुग्ने हरिसिंह साउद यो समयमा उपस्थित नभएको देखिन्छ ।

उहाँसँगका सहकर्मी नेताहरूको उपस्थित रहेको थिए। के उहाँ र इन्चार्ज लेखराज भट्ट बीचको दूरी पेचुलो बन्दै गएको हो त भन्ने प्रश्न कताकता उठिरहेको देखिन्छ। यद्यपि नगर कमिटीमा दुई लाइनमा उम्मेदवारी दिएर कमिटीको पदाधिकारीहरूमा बिजय र पराजित सबै सदस्यहरू र नेताहरू त्यहाँ देखिँदा दुई जना नेतालाई जानकारी नभएको पाइएको छ।

पार्टीको सर्कुलर अनुसार भट्ट सुदुरपश्चिम प्रदेशको इन्चार्ज जिम्मेवारी सहित सुदूरपश्चिम पुगिसकेका छन् ।

 

 

ताजा समाचार