नेकपा एमालेका सचिव भट्ट इन्चार्जको जिम्मेवारी लिएर गृह प्रदेश फर्किँदै

अत्तरिया, नेकपा एमालेका केन्द्रीय कमिटी सचिव लेखराज भट्ट आज आफ्नो गृह प्रदेश फर्किँदै हुनुहुन्छ। लामो समय कर्णाली प्रदेशको इन्चार्ज सम्हालेका भट्ट आज सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लिएर गृह प्रदेश आईरहेकाे गोदावरी नगर कमिटीका सचिव विक्रम बिष्टले बताउनुभयो।

केन्द्रीय कमिटीको निर्णयले प्रत्येक प्रदेशमा रहेका इन्चार्जहरूलाई अलगअलग प्रदेशहरूमा खटाएको थियो। यसले एकअर्का क्षेत्रको पार्टी निर्माण गर्ने शैली के कस्तो रहेको छ भन्ने अनुभव समेत हुने भएकाले झण्डै साढे २ वर्ष अलग प्रदेशहरूमा खटाइएको थियो।

यो खालको अनुभवबाट नेता कार्यकर्ताहरूको मनोबल उच्च राख्ने हौसल्ला मिल्ने भएकाले यस्तो खालको रणनीतिबाट पाटीले काम गरिएको समेत सचिव बिष्टले बताए ।

आज ९ बजे धनगढी विमानस्थल पुग्ने समेत उहाँले बताउनुभएको थियो। त्यसका लागि सम्पूर्ण कार्यकर्ताहरूलाई उपस्थित हुन पनि अपिल गरेका छन् ।

 

 

ताजा समाचार