अत्तरिया, नेकपा एमाले गोदावरी नगर कमिटीले समग्र गोदावरीका योजनाहरुको माग पत्र प्रदेश सरकारका सबै मन्त्रालयहरुमा बुझाएको छ ।
एमालेका प्रदेश कमिटी सदस्य खम्म बुढाको नेतृत्वमा गोदावरी नगर उप प्रमुख शारदा रोकाया,एमाले गोदावरी नगर कमिटी अध्यक्ष संतोष सिंह,सचिव बिक्रम बिष्ट, वडाध्यक्ष सुद्धिराम चौधरी,जग्गुराम चौधरी,कलावती साउद र गोबिन्द चौधरी सहित नगरका नेताहरुको टोलीले माग पत्र बुझाएका हाे ।
गाेदावरीका १२ वटा वडाका कमिटीहरूबाट योजनाहरू सङ्कलन गरी प्रदेश सरकारलाई महत्त्वपूर्ण योजनाहरू माग सहित ध्यानाकर्षण पत्र बुझाएको गोदावरी नगर कमिटीका सचिव बिक्रम बिष्टले बताए । समग्र गाेदावरीकाे बिकासका लागि आफुहरु लागिपरेकाे समेत उहाँले बताउनुभयो ।