अत्तरिया , कैलालीको अत्तरियामा रहेको एक जुस सेन्टरमा कार्यरत कर्मचारी माथी प्रहरीले दुव्र्यवहार गरेको आरोप लागेको छ ।
राती खाना खाने बेला गोदावरी -२ लोटस गल्लीमा रहेको थ्रीडिभिएल जुस सेन्टरमा आएका प्रहरीहरुले कर्मचारीलाई धम्काउँदै जबर्जस्ति बन्द गराउन खोजेको संचालक दिपक ओझाले बताए ।
उनले भने,’ प्रहरीले १० बजे बन्द गराउँछ भन्ने हामिलाई थाहा नै थियो , हाम्रा साथीहरू खाना खांदै थिए , अरु त्यस्तो कसलाई डिस्ट्रब गरेको पनि थिएन । तर एक्कसी आएका प्रहरीहरुले बन्दुक देखाएर तर्साउनु को उदेश्य के रहेछ , यो त राम्रो होइन । एक जना हाम्रो कर्मचारीलाई गाडी मै हालेर चौकी भित्र नै लगेछन् । त्यस्तो त हामिले के नै गरेका थियौं र ?’
यता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाले राती १० बजेपछि प्रहरीले होटेलहरु बन्द गराउने गरेको तर जुस सेन्टरमा त्यसरी जबर्जस्ति बन्द गराउन नहुने र प्रहरी को तर्फ बाट केही कमजोरी भएको स्वीकार गरे।
उनले भने,’ हाम्रो तर्फ बाट गएका प्रहरीहरुलाई राती नै मैले भनिसकेको थिए जुस सेन्टर आफैं बन्द गरिहाल्छ्न किन बन्द गराउन दबाब दिएको भनेर , तर त्य्स्तो बिबाद गरि हाल्नु पर्ने थिएन ।’ प्रहरीले राती १० बजेपछि यहाँका होटेलहरु बन्द गराउने गरेको छ ।