अत्तरिया, कैलालीको गोदावरी नगरपालिका-१० मा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।
खमौराका ५ वर्षीय अखिल मालीको सर्पले डसेर मृत्यु भएको हो । सोमबार बिहान ४ बजेको समयमा सुतीरहेको बेला सर्पले उनलाई डसेको थियो।
लगत्तै मालीलाई धनगढी को नोभा अस्पताल मा पुर्याइएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ ।उनी गोदावरी-३ मा रहेको खप्तड विद्या निकेतनमा कक्षा युकेजीमा अध्ययनरत थिए ।