नेकपा एमाले गोदावरीका नेता साउँद केन्द्रिय सल्लाहकार परिषदमा मनोनीत

अत्तरिया , नेपाल ( एमाले) गोदावरीका पुर्ब मेयर हरि सिँह साउँद केन्द्रिय सल्लाहकार परिषदमा मनोनीत भएका छन् ।

केही दिन अघि बसेको एमाले सचिबालयको बैठकले उनलाई सल्लाहकार परिषदमा मनोनीत गरेको हो । साउँदले यस अघि प्रदेश उपाध्यक्षमा दाबी गरेका थिए ।

तर पछि नेताहरूको दबाबमा ब्याक भएका थिए । त्यस यता उनि प्रदेश कमिटीको सदस्यमा पनि परेका थिएनन् ।

केही दिन अघि मात्रै साउँदले  महासचिव शंकर पोखरेललाई  भेटेर पार्टी भित्र जिम्मेवारी दिन आग्रह गरेका थिए । साउँद महासचिव पोखरेलसंग निकट नेता हुन ।

उनी संगै सुदुरपश्चिमबाट केन्द्रिय सल्लाहकार परिषदमा दलबहादुर रावल , शारदा भट्ट , लश्मी प्रसाद जोशी , नारायण मलासी, दिपक प्रकाश भट्ट , गणेश सिँह धामी र पुरन सिँह दयाल रहेका छन् । तर अब आफू पार्टी निर्णयकाे पछिमा निरन्तर लाग्ने समेत उहाँले बताउनुभयो । हिजोको काम अनुभव आज जाेश अनि संकल्प ,र भाेलिकाे समृृद्वीकाे याेजना हामी आउदै छौ ,जनमुखी प्रतिबद्वता लिएर पार्टी निर्णय बाटो लागेर अघि बढ्ने उहाँले बताए ।

 

ताजा समाचार