अत्तरिया ,सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छन ।
उनले कांग्रेस र नेकपा एमालेका प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन।
शाहको पक्षमा कांग्रेसको १८ र एमालेको ११ जना प्रदेश सभा सदस्य छन् । सुदुरपश्चिममा मुख्यमन्त्री दाबी गर्न २७ जनाको समर्थन आवश्यक संख्या हो ।
यस अघि यसअघि उनले १४ महिना सरकार चलाएका थिए । आज नै उनलाई मुख्यमन्त्री नियुक्त गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।