कविता :आशा गरौँ,

आशा गरौँ,
एकदिन अवश्य आउनेछ,
जहाँ जिम्मेवारीको बतास चलिरहनेछ,
बतासमा मन उडीरहनेछ,
आखाले निन्द्रा भन्न पाउने छैन,
मनले दु:ख , खुसी, हासो , रोदन
केई गन्न पाउने छैन,

तैपनि पुराना रहरका
निभ्नलागेका दियोहरु,
अनीदो रातमा देखेका सपनाहरु
बन्द कोठामा बुनेका रहरहरु,
फेरि प्रकाश जस्तै तेजिलो बन्नेछन्।
आमाका ति फाटा धोतीहरु बन्नेछन
बुवाले नयाँ टोपी महिनै पिच्छे गन्नेछन,
र भन्नेछन लाटा, अब
पहिलेको जस्तै कुनै दशै कुर्नु त पर्दैन नी?
कुनै नयाँ दिन नया साल त कुर्नु पर्दैन नी?
र त्यो दिन मन प्रफुल्ती हुनेछ,
मनले विपनामै चन्द्रमा छुनेछ,
आशा गरौ,

आशा गरौ,
अब ति दिन सदाका लागी अन्त्य हुनेछन,
हजुरका कुराको खासै वास्ता नगर्ने मान्छे
अब तिनै कुराले सबको मन छुनेछन,
र फुर्काउनलाई भन्नेछन् काउजु, मितुरौ !!!

निभ्न लागेको दियोलाई
फेरी बाल्न कती अभाव,
कती लगाब अनी,
संघर्ष झेल्नु पर्यो
त्यो कसले सोधिदेला र?
बरु, बलेको दियो कहाँ उपयोग गर्न सकिन्छ,
त्यो सोचेर नजिकिने छन्,
आफ्ना भन्नेहरु !!
पहिले केई नठान्ने
अब यो नि छ भनी
औलामा गन्नेछन,
र भन्नेछन राजा,

हेदैछु ति दिनहरु कती टाढा रहेछन,
कति सुक्ष्म रहेछन ,
न हेर्न सकियो न आभाष गर्न सकियो,
सायद सानो भएर होला नदेखिएका,
अब सुक्ष्मदर्शक यंत्रले हेदै छु
कसो नदेखियला हैंन र??
आशा गरौ चाडै देखिने छन,
जिम्मेवारी, कार्य र सपनाको चित्र,
र साकार हुनेछन सपनाहरु,
र बदलिनेछन विपनामा!!!
आशा गरौ!!!

 

ताजा समाचार