अत्तरियाको लोटस आई माबिले ल्यायो कक्षा १२ मा उत्कृष्ठ नतिजा

अत्तरिया, सुदूरपश्चिम प्रदेश राजधानीको शहर अत्तरियामा रहेको लोटस आई अंग्रेजी माबिले ‌+ 2 म्यानेजमेन्टमा उत्कृष्ठ नतिजा ल्याएको छ । शुक्रबार मात्र सार्बजनिक भएको कक्षा १२ को रिजेल्टमा सबै प्रशिक्षार्थी पास भएका छन भने १ जनाले A+ ल्याउन सफल भएकी छिन ।

म्यानेजमेन्ट संकायमा १०६ जना सहभागी प्रशिक्षार्थीहरु मध्ये १८ जनाले A ग्रेड रिजेल्ट ल्याउन सफल भएको जानकारी बिद्यालय संचालक धुर्ब कडायतले बताएका छन । भने ३९ जना B + र १७ जनाले B ग्रेड ल्याई कक्षा १२ को परीक्षामा पास हुन सफल भएका छन ।

विद्यालयका प्रधानाध्यापक मान बहादुर ऐरका अनुसार महंगो शिक्षाका लागि धनगढी- काठमाण्डौं नधाउन र संस्कार सहितको शिक्षा लिन सबैलाई आग्रह गरेका छन ।

 

ताजा समाचार