सन्तोष पन्त, कञ्चनपुर: बुधवार बार देखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघमा डार्ट गरी नियन्त्रणमा लिइएको छ ।
आज बिहान ९ः३७ बजे बाघलाई बेहोस गर्ने इन्जेक्सन लगाइएको हो। इन्जेक्सन लागेकोको बाघ अहिले नियन्त्रणमा आइसकेको नेपाल आर्मीका मेजर नवीन बोहरा बताएका छन्।
अब उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिँदै छ । त्यसपछि काहा लग्ने भन्ने बारे छलफल गरेर टुङ्गो लाग्ने बताइएको छ ।
उक्त नरभक्षी बाघले बिहीबार बिहान १० दोधारा चाँदनी नगरपालिका –२ मा बाघको आक्रमणमा परी सोही ठाउँकी २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।