काठमाडौं, क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न आग्रह गर्दै गौशाला-२६ को नामबाट उच्च सरकारी वकिलको कार्यालय, पाटनमा निवेदन परेको छ ।
क्रिकेटर सन्दिप लामिछाने मुछिएको बहुचर्चित बलात्कार मुद्दा उच्च अदालतबाट फैसला भएको हो । गत शुक्रबार मात्रै फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो ।
‘एक किशोरी आएर निवेदन छाडेकी हुन्, पीडित नै स्वयम आएकी हुन् कि अरु आएका हुन् हामीलाई थाहा भएन’ उच्च सरकारी वकिलको कार्यालयस्रो तले भन्यो, ।
‘यो मुद्दाको कारण मलाई अन्यन्त तनाव भयो, झेल्नै नसक्ने अवस्थामा पुगेँ । मैले उच्च अदालत पाटनको फैसला स्वीकार गर्छु । सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिनुहोला भन्ने आग्र सहितको व्यहोरा उल्लेख रहेछ ।’
जिल्ला अदालतले क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला गरेको थियो । जिल्लाले पीडितलाई नाबालिक भन्न नमिल्ने फैसला गरेको थियो ।तर, उच्च अदालत पाटनले भने बलात्कारको वस्तुनिष्ट प्रमाणको अभाव रहेको र पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो ।
उच्च अदालतको फैसला बदर गर्नुपर्ने मागसहित सरकारी वकिल र पीडित गौशाला २६ सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन लिएर जाने बाटो खुला छ । उच्च अदालतको फैसला सार्वजनिक भइसकेपछि उच्च सरकारी वकिलको कार्यालयमा निवेदन पेश भएको हो ।