अत्तरियाको मनहरा मन्दिरमा धार्मिक महायज्ञ शुरु।

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा न. १ को मनहराको मन्दिरमा धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ शुरु भएको छ । यँहा स्थित श्री ग्वासी समैजी शिव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ शुरु भएको हो ।

 

महायज्ञको आज एक धार्मिक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उदघाटन गरेका छन । १६ गते गतेसम्म ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने आयोजक श्री ग्वासी समैजी शिव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ व्यवस्थापन समितिले जनाएको छ।

 

मन्दिरको स्तरोन्ती, सनातन संस्कृतिको संरक्षण तथा पर्यटकीय स्थल निर्माणका लागि महायज्ञ लगाउन थालिएको महायज्ञ व्यवस्थापन समितिको भनाई रहेको छ ।

 

महायज्ञमा प्रवचन अच्युत शरण महाराजले गर्नेछन् । महायज्ञमा तुलादान,भुमिदान,गौदान लगाएतका कार्यक्रम हुने छन ।

 

ताजा समाचार