कविता: मन मस्तिष्कको तालमेल छैन अचेल”

“मन मस्तिष्कको तालमेल छैन अचेल”
घरी मन घरी मस्तिष्कले जित्दै छ, अचेल
दिनहरु बेचन बेचैनीमा बित्दै छ,अचेल
अनाहस अटाहसमा मन भिज्दै छ,अचेल
तिम्रो लागी सबथोक हु भन्ने बाट नै
बिजोक धोका खाएपछी
म बल्ल सिक्दै छु अचेल,
त्यसैले त मन मस्तिष्को तालमेल छैन अचेल!!

सानोमा पढनु पर्छ भन्ने मान्छे, आफै विदेश गएपछी
छिनछीनमा मुटुको धड्कन, रुक्दै छ अचेल,
तपाई त खतरा हो पढाईमा भन्ने कुरा सुन्दा,
मन बेला- बेला दुख्दै छ अचेल,
त्यसैले त मन मस्तिष्कको तालमेल छैन अचेल!!

पढाईलाई सबथोक मान्ने म,
सानैमा यस्तो जान्ने म,
राम्रो बिषय, पढ्नु पर्छ भनी,
राम्रै बिषय छान्ने म,
यती भएपछी राम्रो हुन्छ,
भनी ठान्ने म,
आज मेरो काम के भनि खोज्दै छु,
आफ्नो अध्ययन बाहिरको कुरा रोज्दै छु,
क्षमता भन्दा बाहिरको कुरा सोच्दै छु,
जसरी हिउदको महिना दाउरा बाल्नलाई ठोस्नु पर्छ,
त्यसैगरी जसोतसो जिवन ठोस्दैछु,
त्यसैले त मन मस्तिष्को तालमेल छैन अचेल

अब के गर्छस् भनि सोध्दा खेरि,
जवाफ नभई मुर्ति सरी बस्दा खेरी
आफ्नै आफैले स्थिती बुझ्दा खेरी
काडा सरी बचन र बोलीले घोच्दा खेरी,
लाग्थ्यो मन मस्तिष्को तालमेलमा छैन अचेल!!!

आफ्नै प्रमाणपत्र हेर्दा अचम्म छु,
लामो लामो सास फेर्दा अचम्म छु,
लाग्थ्यो ति मेरा सारथी हुन,
तर आज आफ्नैले आफैलाई नटेर्दा अचम्म छु,
त्यसैले मन मस्तिष्कको तालमेल छैन अचेल!!

पहिले सबै प्रस्नको उत्तर दिने म्,
उत्तरबाटै सबैका मन छुने म,
अहिले प्रस्न ” अब के गर्छस” बाट,
भाग्दा भाग्दा थकित हुने म,!!
त्यसैले मन मस्तिष्को तालमेल छैन अचेल!!!

पहिले तिमि हामो इज्जत भर लाग्छ भन्नेहरु
तिमीमा हाम्रो मजबुत कर लाग्छ भन्नेहरु
कामबिहीन भई यताउता भौतारिएको देख्दा,
अहिले टाढा हुदै गाछन आफ्नै, डर लाग्छ भन्नेहरु
त्यसैले मन मस्तिष्को तालमेल छैन अचेल!!!
नाम: दिपक राज जोशी

 

ताजा समाचार