भीमदत्तका जनताकैपछि काम गरेको उपप्रमुख लेखककाे दाबी,काठमाडौँमा किन ?

अत्तरिया, कञ्चनपुरको भीमदत्त नगरपालिकामा गत असारमा भएको बाढी र डुबानले प्रभावित नगरबासीले राहत क्षतिपूर्ति र पुनःस्थापनाकाे पर्खाइमा रहेका बेला नगर उपप्रमुख निलम लेखक जोशी काठमाडौँमा रमझम एलओडी क्लबमा रहेको भिडियो अहिले सामाजिक सञ्जालमा बाहिरिएको छ।

विनाशकारी अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रहरूमा बाढी पहिरोले जनताको प्रत्यक्ष जीवनमा ठूलो क्षति पुर्‍याएको छ । जनता विपतमा परेका बेला जनप्रतिनिधिहरूले रोइरहेका जनताहरूको महत्त्वपूर्ण सारथी बन्नुपर्ने थियो। तर यो हुन नसकेको देखिन्छ।

प्रसङ्ग भीमदत्त नगरपालिका भित्रको ब्रमदेव लगायतका क्षेत्रमा भएको विनाशकारी बाढी डुबान विषय हो। यतिबेलै उपप्रमुख लेखक जनताको सुखदुखमा अहिले सँगसँगै हुनुपर्ने हो। भने आवाज जताततै उठिरहेको छ। उनीले जनताको मार्कालाई बेवास्ता गर्दै काठमाडौँका एलओडी वा नाइट क्लबहरूमा रमाइलो गरिरहेको आरोप उनीमाथि लागेको छ । यो विषयमा उहाँलाई बुझ्दा जनताहरूको मार्काहरूमा निरन्तर लागिरहेको र जुन केही दिन अगाडि आएको अविरल वर्षाले भीमदत्त नगरबासीमा ठूलो क्षति पुर्‍याे ।

त्यसलाई मध्यनजर गरेर तत्काल नै आफ्नो संयोजत्वमा उद्धार समिति बनाएर बाढी डुबान क्षेत्रमा उद्धारसँगै क्षतिग्रस्त ठाउँको अनुगमन समेत गरेको उपप्रमुख लेखककाे दाबी छ। कार्यवाहक दिएर बाढी डुबान क्षेत्रको विषयसँगै शिक्षा क्षेत्रको गुणस्तर सम्बन्ध गाेष्ठी र महाकाली प्रादेशिक अस्पतालका लागि केही स्वास्थ्य उपकरणहरू मागसँग ल्याउन आफू काठमाडौँ आएको बताउँदै स्वास्थ्य पनि समस्या कारण उपचारका लागि समेत आएको उहाँको भनाई थियो। यतिबेलै जन्मदिन पनि परेकाले घरपरिवारका सदस्यहरु जन्मदिन हामीहरू मनाइदिन्छौं ।

भनेपछि आफू त्यो ठाउँमा गएको बताउनुभयो। त्यहाँ गएर कुनै किसिमको हर्कत क्रियाकलाप आफूहरूबाट नभएको तर पछिल्लो समय यस विषयलाई राजनीतिक इसु बनाइएकोमा खेत प्रकट गर्दछु। हिजोका दिनमा प्रधानमन्त्री मेयरहरू आएको विषयमा कुनै किसिमको प्रतिक्रिया थिएन।

तर महिला भएकै कारण आज यो विषयलाई बदनामी विषय बनाउन खोजिएको उहाँको भनाइ थियो। याे विषयले महिला भएकै कारण आफ्नो चरित्र हत्या गर्न खोजेको समेत उहाँको प्रतिक्रिया थियो।

कञ्चनपुरमा देशकै ठूलो विनाशकारी अबरल वर्षाले भीमदत्त नगरपालिकाका हजारौँ नगरवासीहरू बाढी प्रभावित भएका छन्। केही हप्ता अगाडिदेखि  चुरे क्षेत्रमा अत्याधिक वर्ष हुँदा उत्तरी क्षेत्र वा चुरे फेदका बासिन्दाहरूमा बाढी पहिरो, कटानले ठूलो समस्या निम्त्याइएको छ ।

यो विषयलाई समाधानको बाटोमा लैजान हुनु हो। जनप्रतिनिधिहरू यतिबेला सहानुभूति बाँड्न नआउँदा नगरवासीहरूले निराशाजनक प्रतिक्रिया दिनु गलत नभएको एक स्थानीय व्यक्तिको भनाई थियो।

 

ताजा समाचार