अत्तरिया, राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि यो आह्वान भएको हो ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका आह्वान गर्नुभएको हो ।
यो संगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अब प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । उनलाई नेपाली काँग्रेसले सहितका दलहरूले पनि समर्थन गर्नेछन् ।