खुटिया नदीमा तटबन्धनका कारण शेहरी, धनचौरी र मुर्कट्टेकामा बासिन्दा सुरक्षित

अत्तरिया , केही दिनदेखि अविरल रुपमा परेको भारी वर्षाका कारण खुटिया नदीमा यसपाली पनि अरु बर्ष झै ठुलो बाढी आएको स्थानीयको भनाइ छ ।

गोदावरी नगरपालिका वडा न. ९ का वडा अध्यक्ष रामलाला रानाले भने खुटिया नदीमा यसपाली आएको ठुलो बाढीले हाम्रो गाउँमा USAID तयार नेपालको सहयोगमा बनेको नमूना तट्बन्धनका कारण बाढी गाउँमा पस्न सकेन ।

बिगतका बर्षमा यस ठाउँका बासिन्दाहरु अग्लो ठाउँमा जीवनको साहारा लिनका लागि बसाई नै सार्नु पर्ने बाध्यात्मक परिस्थिति यस पाली आएको छैन । आशा गरौ सधैका लागि यस्ता प्राकृतिक बिपत्तीबाट हाम्रो समुदाय जोगियोस ।

उहाँले नदी किनारमा बनेको तटबन्धनका कारण यस पटक गोदावरी नगरपालिका तर्फको भूभाग कटान र डुबानको ठुलो समस्या नदेखिएको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन।

अन्य ठाउँँमा भन्दा शेहरी, मुरकट्टे, खुटिया आश पासको क्षेत्रमा बस्ने बासिन्दालाई सुरक्षित पार्न दातृ संस्थाको सहयोग बाट हामीले यस ठाउँमा नमूना किसिमको तटबन्धनग गर्न सफल भएको बताएका छन । आगामी दिनमा पनि सम्भावित खतराबाट रोक्नका लागि प्रत्येक बर्ष बजेट छुट्याई काम गर्ने बताएका छन।

नदीमा आएको बाढीले गोदावरी नगरपालिका ९ को पारी पट्टी भल्का जान खुटिया नदीको भंगाला पार गर्न बनाइएको झोलुङ्गे पुल बगाएको छ । उक्त पुल झण्डै ५-७ वर्ष अगाडि निर्माण गरिएको थियो ।

यस वडामा प्राबिधिकका रुपमा काम गर्दै आएको सव ईन्जिनिय खगेन्द्र शाहु भन्छन, तटबन्धनले त शेहरी, धनचौरी र मुर्कट्टेका जनतालाई बचाउन सघायो तर यतै परियोजना को माथी पट्टी रहेको झोलुङ्गे पुललाई मर्मत सम्भार नगरेमा आगामी दिनमा आउने बाढीले बगाउने बताएका छन, आफूले पनि वडा अध्यक्ष मार्फद पालिकाबाट मर्मत गर्नका लागि अनुरोध गरेको बताएका छन ।

नदीमा तटबन्धन नबन्दाको बखत गोदावरी नगरपालिकाको ९ मा नदी किनारका बस्ती खुटिया नदीमा आएको बाढीले कटान, डुबान पार्दै आएका क्षेत्र हो । नदी व्यवस्थापनका लागि तयार नेपालको सहयोगमा ३ करोडको लागत अनुमानमा खुटिया नदीमा तटबन्धन गरेको छ । तटबन्धनले स्थानीयलाई सुरक्षित महसुस गराएको छ ।

 

 

 

 

ताजा समाचार