महाकाली अस्पतालले बाढीमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने

अत्तरिया, महाकाली प्रादेशिक अस्पतालले बाढीमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालका अध्यक्ष कृष्ण भट्ट किरणले वर्षाले डुबानमा परी स्वास्थ्य समस्यामा परेकाहरूलाई अस्पतालले निःशुल्क उपचार गर्ने बताए ।

उनले स्वास्थ्य समस्यामा परेकाहरूलाई तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिन समेत सबैमा अनुरोध गरेका छन् । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुर, कैलालीसहित विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

 

ताजा समाचार