अक्सीडेटिभ स्ट्रेस र एन्टीअक्सीडेन्ट।

कुनै पनी वस्तु सन्तुलन अवस्थामा कार्य सन्चालनमा आउने गर्दछ! चाहे त्यो निर्जीव होस वा सजीव वस्तु किन नहोस्! वैज्ञानिक तवरले भन्नु पर्दा मानव शरिरको वा जिवीत प्राणीहरुको सबैभन्दा सानो एकाई भनेको कोष हो! तर कोष नि केहीन केही परमाणु वा अणुहरुबाट मिलेर बनेको हुन्छ! के हामीले कहिल्यै सोच्यौ जिवीत प्राणीहरुको सबैभन्दा सानो एकाई कोष के मिलेर बनेको हुन्छ भनेर? रसायनिक तवरले भन्नुपर्दा कोष परमाणु वा अणुजस्ता रसायनहरुको समिश्रण हो! अर्थात कोष विभीन्न रसायनहरुको समिश्रण हो भन्दा फरक नपर्ला! हामीले अहिले सम्म रोगहरु दुई प्रकारका हुन्छ भनेर पढदै आएका छौ! ति हुन सर्ने र नसर्ने, प्राय सर्ने रोगहरु भन्दा नसर्ने रोगहरु बढी घातक हुन्छ! क्यान्सर नसर्ने रोगको एक गतिलो उदाहरण हो! प्राय रोग़हरु सुक्ष्म जिवाणुले लाग्ने गर्दछन! के रोग स्ट्रेस, चिन्ताले नि लाग्ने सक्छ? यदि लाग्छ भने कस्ता-कस्ता रोगहरु लाग्ने गर्छन? ति लाग्ने रोग़हरुको प्रकृती कस्तो हुन्छ? आदी यावद कुराहरुलाई बुझ्न इन्जाम,स्ट्रेस र एन्टीअक्सिडेन्टको सम्बन्ध बुझ्नु नितान्त आवश्यक छ!
हाम्रो मानव शरिर न्युट्रल अवस्थामा काम गर्ने गर्दछ! किनकी यो अवस्थामा शरिरमा हुने गरेका मेटिवोलीक क्रिया प्रतिक्रियाहरु निष्कृय हुन्छन! जस्तो तवरले हाम्रो शरिर बनेको भनेर हामी सोच्छौ वास्तवमा त्यस्तो सजिलो बनावटी ढाचा शरिरको छैन! हाम्रो शरिरको हरेक कार्य सन्चालनका निम्ती उर्जाको आवश्यकता परेको हुन्छ! सो उर्जा शरिर मा हुने गरेका मेटाबोलिक प्रतिक्रियाबाट आउने गर्दछ! अब हाम्रो मनमा प्रश्न आउन सक्छ, किन हाम्रो शरीरमा मेटाबोलिक क्रिया प्रतिक्रिया हुन्छ? सामान्य तवरले भन्नु पर्दा शरिर संचालनका निम्ती आवश्यक पर्ने उर्जाको निम्ती! हाम्रो शरिरलाई चाहिने अनुसारको उर्जा यो तवरले आउने भएकाले हाम्रो शरिर सन्तुलन तरिकाले संचालन भएको हो!
हाम्रो शरिरमा हुने गरेका विभिन्न मेटाबोलिक प्रतिक्रिया मध्य ग्लाईकोलाइसिस, टि.सि.ए, बिटा अक्सीडेसन, लिपीड सिन्थेसिस आदी प्रमुख हुन! जब हाम्रो शरिर न्युट्रल अवस्थामा सन्चालन हुन्छ तब हाम्रो शरिरमा त्यस्ता रोगहरु उत्पन्न हुदैनन! जब हाम्रो शरिरमा चार्ज युक्त रेडिकल उत्पन्न हुन्छन! तब हाम्रो शरिरमा विभीन्न प्रकारका क्रिया प्रतिक्रिया हुन थाल्दछन! किनकी चार्ज युक्त रेडिकल ले हाम्रो शरिरमा हुने गरेका विभीन्न मेटाबोलिक प्रतिक्रियाहरुको रेटलाई बढाई विभीन्न रेडिकलहरु उत्पन्न गर्नमा अहम भुमिका खेल्ने गर्दछ! जसले गर्दा ति उत्पन्न भएका रेडिकलहरूले हाम्रो शरिरमा रहेका विभीन्न कोषहरुमा आफ्नो प्रभृत्व जमाई विभीन्न प्रकारका रोगहरु उत्पन्न गरआउने गर्दछन! जस्तै क्यान्सर, डायाबेटिज, विभीन्न प्रकारका सुक्ष्म जिवाणुबाट लाग्ने रोगहरु आदी हुन!!!
रोचक कुरा त के छ भने जब हामी स्ट्रेस, तनाब वा चिन्तामा हुन्छ त्यतीबेला हाम्रो शरिरमा रहेको अक्सीडोरिडक्टेज भन्ने इन्जाइम अत्यधिक मात्रामा सक्रिय हुन् आउछ! जसले गर्दा हाम्रो मेटावोलिक दरलाई बढाई दिन्छ! र उत्पन्न भएका रेडिकलहरुले हाम्रो जिवीत कोषलाई आक्रामण गर्ने गर्दछन! जसले गर्दा हाम्रो शरिरमा रहेका कोषहरुको सन्तुलित क्रिया प्रतिक्रियामा परिवर्तन हुन् आँउछ! चिन्ता तनावले गर्दा इन्जाइ सक्रिय भई रेडिकल उत्पन्न हुने अवस्था लाई अक्सीडेटिभ स्ट्रेसको अवस्था भनिन्छ!
अहिले सम्म हामिले पढेको बनेको शारिरीक बनावट, मेटाबोलिक क्रिया प्रतिक्रियाका अवस्थाहरु, मेटावोलिक क्रिया प्रतिक्रियाका अवस्थाहरु बाट उत्पन्न हुने विभीन्न अवस्थाको रोगहरु र स्ट्रेसको अवस्था!
यदी हाम्रो शरिरमा अत्यधिक मात्रामा रेडिकलहरु उत्पन्न भएको खण्डमा ति रेडिकलहरुलाई कसरी न्युट्रलाईज गर्न सकिन्छ? ति रेडिकलहरुलाई न्युट्रलाइज गर्ने तत्व हो एन्टीअक्सीडेन्ट! एन्टीअक्सीडेन्ट कृतिम र प्राकृतीक गरेर दुई प्रकारको हुन्छ! बजारमा एन्टीअक्सीडेन्ट कृतीम पाइन्छ! तर ति सबैको स्रोत भनेको मेडिसिनल प्लान्ट नै हो! र हाम्रो खानपान पनी हो!
हाम्रो शरिरमा हुने गरेका विभीन्न क्रिया प्रतिक्रियाबाट उत्पन्न भएका चार्ज रेडिकलहरुलाई निष्कृय पारी विभीन्न रोगहरु बाट बच्न एन्टीअक्सीडेन्टको आवश्यकता पर्ने गर्छ! त्यसैले एन्टीअक्सीडेन्ट युक्त खानाहरु सेवन गर्नु नितान्त आवश्यक छ! र हाम्रो वरपर रहेका विभीन्न मेडिसिनल बोटबिरुवाहरुमा धेरै मात्रामा एन्टीअक्सीडेन्ट क्षमता हुने भएकाले तिनीहरुको संरक्षण गर्नु पनि आवश्यक रहेको छ! जसले गर्दा विभीन्न एन्टीअक्सीडेन्ट बनाई रेडिकलबाट लाग्न सक्ने रोगहरुबाट बच्न सकिन्छ!

दिपक राज जोशी
रसायनशास्त्र केन्द्रीय विभाग, एम.एस्सी चौथो सेमिस्टर अध्ययनरत छात्र हुन्!

 

ताजा समाचार