गोदावरी र धनगढीको सिमा क्षेत्रमा नदीजन्य पदार्थ उठाउन थालेपछि बिबाद, बिबाद सुल्झाउन मेयर भट्ट पुगे सिमामा

धनगढी , धनगढी उपमहानगरपालिका र गोदावरीको सिमाना विवादलाई जिल्ला समन्वय समितिको रहोबरमा आईतबार नापनक्सा गरी छलफलबाट समाधान गर्ने सहमती भएको छ । केही दिन देखि गोदावरीको सिमावर्ती क्षेत्रमा धनगढी उपमहानगरपालिकाको ढुंगा, गिट्टी वालुवा ढेक्का पाएका प्रतिनिधिले  गोदावरीको सिमा क्षेत्रमा आएको जानकारी पाएपछि गोदावरीका नगर प्रमुख बिरेन्द्र भट्ट सहितको टोली धन्चौरीमा पुगेको हो ।

धन्चौरीमा पुगेसँगै स्थानीय एव् धनगढीका ढुंगा, गिट्टी वालुवा ढेक्का पाएका प्रतिनिधिसँग गोदावरीका नगर प्रमुख बिरेन्द्र भट्टले विगतमा खुटिया नदीको पूर्वतिर धनगढी उपमहानगरले र पश्चिमतिर गोदावरीले उठाउदै आएको अवस्थामा आज आएर दुबैपट्टी हाम्रो क्षेत्र हो भनि धनगढीले दाबि गरेसँगै विवाद सृजना नगरी जिल्ला समन्वय समितिसँग समन्वय गरी ट्रेस नक्सा सहित प्राविधिकको टोली खटाई सधैका लागि सिमा बिवादको समस्या सामाधान गर्न सबै लाग्न सुझाव दिए ।

यसै गरी गोदावरी नगर पालिका वडा न. ९ का वडा अध्यक्ष रामलाल चौधरीले भने, ‘बिगतमा हामीले नदीको वारी पट्टी त्यो भाग सम्म (ठाउँ देखाउदै) नदी जन्य बस्तु उठाउने गरेका थियौ, यसपाली धनगढीको टिमले माथी सम्म नै ल्याएको छ, हामी बिवादमा आउनुको सट्टा केही दिन उत्खनन बन्द गरी प्राबिधिकको टोली फिल्डमा ल्याई सधैका लागि सामाधान गरौं ।’  धनगढी -१७  र गोदावरी ९ का  वडा अध्यक्ष बसेर छलफल गरी आपसमा मिलेर जान सकिने समझदारी भएको छ ।

 

ताजा समाचार