प्लाष्टिकजन्य वस्तु बिक्री वितरण प्रतिबन्ध सम्बन्धी ऐन निर्माण हुर्दै

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकाले नयाँ ऐन निर्माण गरेको छ । नगरपालिकाले पहिलो पटक प्लाष्टिकजन्य वस्तु बिक्री वितरण प्रतिबन्ध र बजार व्यवस्थापन ऐन निर्माण गरेको हो ।

दुवै ऐन शुक्रबार बसेको हिउँदे अधिवेशनबाट पारित गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले बताए । शुक्रबार नगरप्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा बसेको हिउँदे अधिवेशनमा प्रस्तुत गरिएका दुवै ऐन सर्वसम्मत रुपमा पारित गरिएको नगरपालिकाले जनाएको छ । अधिवेशनमा नगरपालिकाको शिक्षा ऐनमा पनि संशोधन संसोधन गरिएको छ ।

गोदावरी नगरपालिकाले यसअघि नै नगरपालिकालाई प्लास्टिक निषेधित नगरपालिका घोषणा गरिसकेको छ । यद्यपि उक्त घोषणा कार्यान्वयनमा भने आउन सकेको छैन ।

 

ताजा समाचार