गोदावरीका नदिमा अबैध उत्खनन प्रकरण : वडा सदस्य भट्टको अनुगमन समिति खारेज गर्न निर्देशन

अत्तरिया, कैलाली जिल्ला समुन्वय समितिको नेतृत्वमा रहेको नदीजन्य पदार्थ अनुगमन जिल्ला स्तरीय समितिले गोदावरी नगरपालिकामा वडा सदस्यको नेतृत्वमा गठन गरिएको ५ सदस्यीय अनुगमन समिति अवैघ ठहर गर्दै उपमेयरको नेतृत्वमा समिति गठन गर्न निर्देशन दिएको छ ।

बुधबार बसेको नदीजन्य पदार्थ अनुगमन जिल्ला स्तरीय समितिको बैठकले उक्त समिति हटाएर उपप्रमुखको नेतृत्वमा सम्बन्धित जिल्ला प्रशासन वा ईलाका प्रशासनको प्रतिनिधि, सम्बन्धित सव डिभिजन बन कार्यालयको प्रतिनिधि, सम्बन्धित जिल्ला वा ईलाका प्रहरी कार्यायको प्रतिनिधि, सम्बन्धित सशस्त्र प्रहरीको गण वा पोस्टको प्रतिनिधि, प्रमुख प्रसाशकीय अधिकृतले तोकेको अधिकृत स्तरको प्रतिनिधि र आईई र टेन्डर प्रकृयामा संलग्न सम्बन्धित स्थानीय तहको ईन्जिनियर सदस्य सचिव रहने समिति बनाउन निर्देशन गरेको हो ।

स्थानीय तहको प्रमुख र उपप्रमुख फरक÷फरक पार्टीबाट जितेका स्थानीय तहमा कार्यपालिकाको निर्णण भन्दै कतिपय स्थानीय तहहरुले आफुखुसी नदीजन्य पदार्थको अनुगमन टोलीहरु गठन गरेका छन । गोदावरी नगरपालिकाले पनि वडा नम्बर २ का वडा सदस्य देबराज भट्टको संयोजकत्वमा ५ सदस्यीय नदीजन्य पदार्थ अनुगमन समिति गठन गरेको छ ।

कार्यपालिकाको निर्णय भन्दै गठन गरिएको उक्त समितिमा समितिमा वडा नम्बर १ का वडा सदस्य गम्भिर साउद, कार्यपालिका सदस्य धनी कामी, वडा नम्बर ४ का वडा सदस्य तारा छेडाल र वडा नम्बर ८ का वडासदस्य चन्द्र विसि सदस्य छन ।

गोदावरीमा पनि मेयर नेपाली काँग्रेसबाट जितेका छन भने उपमेयर नेकपा एमालेबाट जितेकी छिन । कार्यपालिकाले बनाएको अवैध समितिमा एक जना एमाले बाट निर्बाचित जनप्रतिनिधि छन् भने अरु काँग्रेसबाट निर्बाचित सदस्यहरु छन । तर जिल्ला स्तरीय अनुगमन समितिले भने जिल्लाका सबै स्थानीय तहहरुलाई उपमेयरको नेतृत्वको अनुगमन समिति सक्रिय पार्न निर्देशन गरेको हो ।

बुधबार कै बैठकले कैलालीको गोदावरी नगरपालिकाको तीन वटा नदीबाट नियन्त्रणमा लिइएका १९ वटा सवारी साधनलाई ६ लाख ९ हजार जरिवाना गरि छोडने निर्णय पनि गरेको थियो

 

ताजा समाचार