गोदावरीद्बारा अत्तरिया बजार सहित ५ स्थानमा शुद्ध खानेपानीको व्यावस्थापन

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजार सहितका पाँच स्थानमा शुद्ध खानेपानीको व्यवस्था गरेको छ।केदार ग्रुपसंगको समुन्वयमा नगरपालिकाले बजार सहितका पाँच स्थानमा तातो, सादा र चिसो शुद्ध खानेपानीको व्यवस्था गरेको हो ।

अत्तरिया बसपार्क, पूर्ब रोडको मालाखेती ईप्रका अगाडी, गोदावरी नगरपालिकाको कार्यालयमा, वडा नम्बर १ को कार्यकक्षमा र मालाखेती अस्पतालमा शुद्ध खानेपानीको ब्यावस्थापन भएको छ ।

तराईका जिल्लामा गर्मी मौसममा असाध्यै गर्मी तथा हिउदको समयमा कठ्याङ्ग्रिने जाडोलाई मध्यनजर गर्दै गोदावरीवासीका लागि शुद्ध खानेपानीको व्यावस्थापन गरेको नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

स्वास्थ जीवनका लागि शुद्ध पानी भन्ने मूल नारालाई मध्यनजर गर्दै पानी व्यवस्थापन गर्ने ठेक्का पाएको केदार ग्रुपले ५ ओटै स्थानमा १५० लिटरको ट्याङ्की सहित ब्यावस्थापन गरेको ग्रुपका संयोजक श्याम बमले बताए ।

 

ताजा समाचार