खुटिया लगायत अरु खोलामा नदिजन्य पदार्थ उत्खननको लागी ठुला मसिनको प्रयोग

अत्तरिया , कैलालीको खुटिया खोलामा अबैध नदिजन्य पदार्थ उत्खनन भएको पाइएको छ । गोदावरी नगरपालिकाको मुख्य आम्दानीको स्रोतको रूपमा रहेको खुटियामा नियम बिपरित नदिजन्य पदार्थ उत्खनन भई रहेको स्थानीयले बताएका छन् ।

नदि जन्य पदार्थ उठाउन नगरपालिकाले पटक पटक ठेक्का आह्वान गरेपनी ठेक्कामा नगएपछि नगरपालिका आफैंले कर्मचारी राखेर नदि जन्य पदार्थ उठाइरहेको छ । नगरपालिकाले ठुलाठुला मेसिन को प्रयोग गरेर नदिजन्य पदार्थको उत्खनन गरिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले ले आरोप लगाएको छ ।

एमालेबाट निर्बाचित निबर्तमान मेयर हरि सिँ साउँद सहितको टोलीले शुक्रबार खुटिया क्षेत्रको अबलोकन गरेको छ । सो क्रममा मापदण्ड बिपरित खुटियाबाट नदिजन्य पदार्थ उठाइरहेका साउँदले बताए । उनले स्थानीय भौगोलीक अवस्था र जनतालाई असर नपर्ने गरी उत्खनन् हुनु पर्नेमा खुटिया नदीमा त्यस्तो नदेखीएको बताए ।

प्राविधीकहरुको सहयोगमा निश्चीत ठाँउमा रेखांकन् गरी उत्खन्न गर्नुपर्ने प्रावधान रहेकोमा हाल त्यस्तो नदेखीएको उनले बताए । यस्तै एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले पनि खुटियामा भई रहेको दोहन प्रती आक्रोस ब्यक्त गरेका छन । उनले शनिबार बिहान खुटिया क्षेत्रको निरिक्षण गर्दा अबस्था भयाबह रहेको बताए ।

उनले नदीमा ठुला स्काभेटरको प्रयोग गरी मापदण्ड बिपरित गहिरो खाडलहरु खोलाका धेरै ठाउँमा बनाइएको बताए । नदिजन्य पदार्थको उत्खनन भन्दा पनि खोलामा नै क्रसर चलाइएको जस्तो त्यँहा पुग्दा आभास भएको भट्टको भनाई रहेको छ ।

स्थानियले नदिजन्य पदार्थ उत्खननमा मात्रै स्थानिय निकायले ध्यान दिएको तर तटबन्धन लगाएत बस्ती को जोखिमबाट बचाउने तर्फ ध्यान नदिएको गुनासो गरेका छन ।

 

ताजा समाचार