गोदावरी नगर प्रमुख भट्टका स्वकिय सचिव साउँद निलम्बनमा

अत्तरिया, कैललाीको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टका स्वकिय सचिव दिलिप कुमार साउँद ुदिपिनु निलम्बनमा परेका छन ।

अत्तरिया प्रादेशिक महोत्सबमा नक्कल्ली ठेली प्रकरणमा साउँद को नाममा किटानी परेकाले मुदा किनारा नलागे सम्मको लागि पदबाट निलम्बन गरिएको नगरपालिका स्रोतले जनाएको छ ।

महोत्सब आयोजक अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष कल्याण सिं बोहराले साउँद सहित ६ जनाको नाममा किटानी दिएका थिए । निश्पक्ष छानबिनका लागी प्रहरी प्रसाशनलाई सहयोग भन्ने उद्देस्यले निलम्बन गरिएको हो ।

यसै बिच आज नै साउँद र किटानी परेका अर्का युबा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यलय कैलाली जाने भएका छन ।

 

ताजा समाचार