नक्कली ठेली प्रकरण : खड्का र बोगटी स्वैच्छिक प्रहरी समक्ष हाजिर

अत्तरिया, कैलालीको अत्तरिया प्रादेशिक महोत्सवमा प्रयोग भएका नक्कली ठेली प्रकरणमा किटानी जाहेरी परेका दुई जनाले स्वैच्छिक गिरफ्तारी दिएका छन् ।अत्तरिया उधोग बाणिज्य संघका महासचिव शंकर खडका र कार्य समिति सदस्य बम बहादुर बोगटी शुक्रबार कैलाली प्रहरी समक्ष हाजिर भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा संघका अध्यक्ष कल्याण सिं बोहराले किटानी दिएपछि अनुसन्धानलाई सहयोग गर्न स्वैच्छिक प्रहरी समक्ष हाजिर भएको महासचिव खड्काले बताए ।

उनिहरुलाई प्रहरी कार्यालय सम्म पुर्याउन गएका संघका बरिस्ठ उपाध्यक्ष दलबहादुर खड्काले अनुसन्धानलाई सघाउन उनिहरु आफू खुशी प्रहरी समक्ष पुगेको बताए । खड्काले महोत्सवमा भएको अनियमितता को बारेमा निष्पक्ष छानबिन होस् भन्ने कुरामा आफुहरु अहिले पनि अडिक रहेको बताए ।

प्रहरीले पक्राउ जारी गरेका संघका सचिब दिलिप कुमार साउँद र अर्का युबा भुबन महरा भने अहिलेसम्म प्रहरी समक्ष पुगेका छैनन् । प्रहरीले पनि उनिहरुलाई पक्राउ गरेको छैन । संघका अध्यक्ष बोहराले ६ जनाको नाममा दुई पटक गरेर किटानी जाहेरी दिएका थिए ।

 

ताजा समाचार