फेरी संघका महासचिव र सदस्य विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता,आज पक्राउ पुर्जी जारी हुने

धनगढी, सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री गरेको आरोपमा थप दुई जना विरुद्ध कैलाली प्रहरीमा जाहेरी परेको छ। कैलालीको अत्तरियामा लागेको प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्री गरेको भन्दै उनीहरूको विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता भएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघ स्रोतले ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु गर्ने शंकर खड्का विरुद्ध जाहेरी दर्ताको गरेको छ। अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा सहितको टोली उनीहरूका विरुद्धमा जाहेरी लगेर बुधवार जिल्ला प्रहरी कार्यालय, कैलाली पुगेको थिए। जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ताको भई सकेको संघका अध्यक्ष बोहराले बताए । बिहिवारसम्म उनीहरूका विरुद्धमा पक्राउ पुर्जी जारी हुने प्रहरी स्रोतले बताएको छ।

महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको थियो। आयोजक अत्तरिया उद्योग वाणिज्य संघले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुलाई टिकट विक्रीको जिम्मा दिएको थियो। प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट बिक्रीका लागि ठेली छपान भएको पाइएपछि यसअघि २ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो। तर, बुधवार साँझसम्म उनीहरू पक्राउ परेका छैनन्। दुई जनाका विरुद्ध पक्राउ पुर्जी जारी भएका बेला थप चार जनाका विरुद्ध जाहेरी प्रहरीमा पुगेको हो।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुले प्रति टिकटमा २ रुपैयाँ पाउने सम्झौतामा बिक्रीको काम गरेको थियो। रेडक्रसले समेत एक रुपैयाँ पाउने सम्झौता भएको थियो। तर, उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको हो। २ ठेली पूर्ण विक्री भएको, एकबाट १७ वटा, अर्कोबाट १३ र अर्को बाट ६ वटा टिकट बिक्री भएको अवस्थामा आयोजकले टिकटका ठेली नियन्त्रणमा लिएको थियो। जसमध्ये एक सय ३६ वटा नक्कली टिकट महोत्सवमा बिक्री भएका थिए।

 

 

ताजा समाचार