सामाजिक विकासमन्त्री साउदविरुद्ध दिएको निवेदन फिर्ता, यसरी मिल्यो विवाद

धनगढी, हिजो (सोमबार) सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री विरुद्ध प्रहरीमा उजुरी पर्‍यो। मन्त्री झपट साउद विरुद्ध कैलाली प्रहरीमा एक जनाले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दर्ता गराएका थिए।

बझाङको बुँगल नगरपालिका–१ का धनबहादुर बोहराले आफुले रामारोसन गाउपालिका–६ का विरबहादुर साउदको छोरा ४३ वर्षीय झपटबहादुर साउदले विभिन्न मितिमा मलाई साह्रै समस्या छ भनि रुपयाँ सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दर्ता गराएका थिए।

बोहराले आफ्नो ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए। तर आज (मंगलबार) विहान उनै बोहरा हाम्रो (मन्त्री जी र मेरो) कुरो मिलिसकेको छ भन्दै प्रहरीमा दर्ता भएको निवेदन फिर्ता लिन आएको प्रवक्ता कुलदिप चन्दले बताएका छन्।

‘हाम्रो कुरो मिलिसक्यो हजुर, यसो सामान्य मनमोटाव भएको हो निवेदन फिर्ता पाउँ भनेर बोहरा आफै प्रहरीमा आइपुगेका छन्।’, प्रहरी प्रवक्ता चन्दले भने। दुबै पक्षबिच विवाद मिलिसकेको प्रहरीले जनाएको छ। विहान मन्त्री साउद समेत प्रहरीमा पुगेका थिए। मन्त्री साउदले पनि उनीसँग कुनै लेनदेन नै नभएको बताउँदै आएका थिए।

 

ताजा समाचार