सुदूरपश्चिम प्रदेश स्तरीय कराँते प्रतियोगिता गोदावरीमा सुरु

अत्तरिया,कैलालीको गोदावरीमा तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृती सुदूरपश्चिम प्रदेश स्तरीय कराँते प्रतियोगिता सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश कराते महासंघले आयोजना गरेको प्रतियोगिता शनिबार गोदावरी नगरपालिका-११ को कार्यालय परिसरमा सुरु भएको हो । प्रतियोगिताको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले उद्घाटन गरेका हुन् ।

नगरपालिकाको वडा नम्बर १०, ११ र १२ को आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको बताइएको छ । उद्घाटन समारोहमा गोदावरीका कराते खेलाडी आनन्द कामीलाई सम्मान पनि गरिएको छ ।

 

ताजा समाचार