नक्कली टिकटको रहस्य गर्भमै : दवाव दिन सघर्ष समिति गठन

अत्तरिया , कैलालीको अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न दवाव दिन सघर्ष समिति गठन गरिएको छ ।

शुक्रबार अत्तरियाका व्यवसायीहरुको भेलाले गणेश बलायरको संयोजकतत्वमा संघर्ष समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा नैन सिह कार्की र सचिवमा धना देवी चोखाल रहेका छन । समितिमा २० जना सदस्य रहेका छन ।

भेलाले वीर बहादुर चोखालको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिमा धर्म सिह कुवर, सन्तोष सिह, टिकाराम आचार्य र गणेश महरा रहेका छन । अत्तरियामा पुस २६ देखि माघ ७ गते सम्म संचालित महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली भेटिएका थिए ।

 

ताजा समाचार