अत्तरिया उधोग बाणिज्य संघमा लगाइएको ताला प्रहरीको सहयोगमा खुल्यो

अत्तरिया, अत्तरिया उधोग बाणिज्य संघमा लगाइएको ताला खोलिएको छ । प्रहरीको सहयोगमा संघले ताला खोलेको हो । केही दिन अधि सप्पन्न प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएको र उक्त कुराको निष्पक्ष छानबिन को माग गर्दै केही ब्यबसायीहरुले दिउँसो संघ को कार्यालयमा तालाबन्दी गरेका थिए ।

नक्कली ठेलीको प्रयोग गरेर संघलाई आर्थिक घाटा लगाइएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन । संघ ले पनि उक्त कुराको निष्पक्ष छानबिन को माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निबेदन दर्ता गराएको छ । संघका अध्यक्ष कल्याण सिँ बोहरा नेतृत्व को टोली प्रशासन कार्यालय पुगेर निवेदन दर्ता गराएको छ ।

 

ताजा समाचार