नक्कली ठेली प्रकरण : छानबिनको माग गर्दै कैलाली प्रसाशनमा निवेदन दर्ता

अत्तरिया, अत्तरिया उधोग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता गराएको छ । हालै सम्पन्न महोत्सवमा नक्कली टिकटका ठेली भेटिएपछि छानबिन को माग गर्दै निबेदन दर्ता गराएको हो ।

संघका महासचिव शंकर खड्काले नक्कली टिकट को बिबाद बारे उचित छानबिन को माग गर्दै निवेदन दर्ता गराइएको बताए । नक्कली टिकटका २५ बढि ठेली टिकट काट्ने टिमबाट महासचिव शंकर खड्का सहितका ब्यक्तिहरुले नियन्त्रणमा लिएका थिए ।

त्यसपछी संघ भित्र तरंग गएको छ । नक्कली टिकट कहाँबाट छापिएको हो भन्ने खुलेको छैन । टिकट काटने जिम्मा आयोजक अत्तरिया उधोग बाणिज्य संघले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस को स्वतन्त्र बिद्यार्थी युनियन ( स्वबियु ) लाई दिएको थियो।

received_36400568462802101705995579.jpeg

 

ताजा समाचार