काठमाडौँ, राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।
निर्वाचन आयोगले विज्ञप्ति निकालेर आज रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, चुनावसम्बन्धी भेला–गोष्ठीलगायतका काम गर्न नपाइने जनाएको छ ।
यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।