गोदावरी नगरपालिकाको भवन दोस्रो पटक उद्घाटन, एमालेको विरोध प्रदर्शन

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन दोस्रो पटक उद्घाटन भएको छ । नगरप्रमुख वीरेन्द्र भट्टले बिहेबार एक कार्यक्रमकाबिच भवन उद्घाटन गरेका हुन् ।

दोस्रो पटक भवन उद्घाटन गरिएको भन्दै नेकपा एमालेले विरोधसँगै नगरपालिका घेराउ गरेको छ । नेकपा एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले सो भवनको २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए ।

दोस्रो पटक भवनको उद्घाटन गर्न नहुने भन्दै एमालेले बिहानै देखि नगरपालिका घेराउ गर्दै नाराबाजी गरेको हो । कांग्रेसबाट जितेका नगरप्रमुख भट्ट उद्घाटनको तयारी गरेपछि तनाव सिर्जना भएको हो ।

एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय शहरी विकास आयोजना मार्फत भवन निर्माण भएको थियो ।

 

ताजा समाचार