सुदूरपश्चिममा तीन वर्षमा सवारी दुर्घटनामा ५६० जनाको मृत्यु, २१३ गम्भिर घाइते

धनगढी, तीन वर्षमा सवारी दुर्घटनामा परेर सुदूरपश्चिममा पाँच सय ६० जनाको मृत्यु भएको छ। प्रदेशभित्र गत वर्ष मात्र सवारी दुर्घटनामा परेर एक सय ७७ जनाले ज्यान गुमाएका हुन्। आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी दुई सय ५२ सवारी दुर्घटना भएका छन्।

ती दुर्घटनामा परेर दुई सय १३ जना गम्भिर घाइते भएको राष्ट्रिय मानव अधिकारी आयोगको प्रतिवेदनले देखाएको छ। तीन सय २० सवारीसाधन दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको हो। सवारी दुर्घटनामा परेर दुई सय ७६ जना सामान्य घाइते भएको प्रतिवेदनमा उल्लेख छ।

नेपाल प्रहरी, अपराध अनुसन्धान विभाग अभिलेख तथा विश्लेषण शाखाका अनुसार सुदूरपश्चिममा पछिल्लो समय सवारी दुर्घटना, दुर्घटनामा परेर ज्यान गुमाउने र गम्भिर घाइते हुने अवस्था डरलाग्दो रुपमा बढेको जनाएको छ।

आर्थिक वर्ष २०७७/७८ मा सवारी दुर्घटनमा परेर एक सय ८७ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ज्यान गुमाउनेको संख्या बढेर एक सय ९६ पुगेको हो। २०७७ मा एक सय ८७, २०८८ मा एक सय ९६ र २०७९ मा एक सय ७७ गरी ५६० जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

 

ताजा समाचार