नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकको टोलीले परशुरामधामको निरिक्षण गर्‍यो

अत्तरिया, डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने परशुराम धामको निरिक्षण गरिएको छ । सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक लगायतको टोली निरिक्षण गरेको हो ।

निरिक्षण क्रममा बोल्र्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले परशुराम धामलाई धार्मिक पर्यटकीय विकासका रुपमा अगाडी बढाउनु जरुरी रहेको बताउनु भयो । कञ्चनपुरको सिद्धनाथ र परशुरामधामसँग जोडेर विकास गर्नु पर्ने उहाँको भनाई थियो ।

देशको विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियान अघि बढाए र मित्र राष्ट्र भारतको पूर्णागिरी दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेवको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुरामधामसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने उहाँको भनाई थियो ।

परशुराम धामको धार्मिक महत्वका बारेमा पूर्णागिरी मेला अवधिमा प्रचार–प्रसार गर्यो भने भारतीय भक्तजन भित्र्याउन सकिने उहाँले बताउनु भयो। त्यस्तै परशुराम नगरपालिकाका नगर–प्रमुख भरत बडायक जोशीले परशुरामको बिकासका संर्घष गरी रहेको बताउनु भयो ।

चार धाममध्यको परशुराम एक धाम भएको बताउर्दै यो क्षेत्रको बिकास गर्न तिनै तहको सरकारको समुनय जरुरी रहेको उहाँको भनाई थियो । परशुरामधामको बिकास गर्न सके परशुरामबासी जीवनस्तरमा टेवा पुर्याउने बिश्वास लिएको उहाँको भनाई थियो ।

कैलाली कञ्चनपुरसँग जोडिएका सडक खण्डमा सहजरुपमा यात्रु आओत जाओत गर्ने सडक निर्माण गर्न सक्यौभने धार्मिक पर्यटक र भक्तजन भित्र्याउने उहाँको भनाई रहेको थियो । यस्तै परशुराम क्षेत्र बिकास समितिका पुर्वअध्यक्ष कैलाश पाण्डेयले परशुराम धाम आपैmमा पबित्र तिर्थ स्थल रहेको बताउनु भयो ।

परम्पराकालमा हुने देवसभालाई स्मरण गरेर सोल शिवालयहरुका सोलबाटै देउरा यो तिर्थ स्थलमा आउने गरेको उहाँको भनाई थियो । दार्चुलाको मल्लिकार्जुन,केदार,भागेश्वर, खिटकेश्वर, असिग्राम, महादेव,जगन्नाथ, सिगास, बैद्यनाथ लगायत नौ वटै जिल्लामा रहेका देवस्थलबाट देवताहरुका देउरा आएर स्नान गरेर जाने गरेको उहाँले बताउनु भयो ।

 

ताजा समाचार