अत्तरिया महोत्सवमा आज चर्चित अभिनेता पल शाहको प्रस्तुति

अत्तरिया, कैलालीको अत्तरियामा आज चर्चित अभिनेता पल शाह आउने भएका छन् । अत्तरिया नगर उधोग बाणिज्य संघ को आयोजनामा लामितालमा जारी प्रादेशिक महोत्सवमा आफ्नो प्रस्तुति दिन शाह यहाँ आउने भएका छन् ।

अहिले को पुस्तामा पल निकै चर्चित अभिनेता हुन । देशभरका महोत्सवमा जहाँ पल पुग्छन् त्यहीँ दर्शकको भिड लै लाग्ने गरेको छ ।

यस्तै महोत्सवमा सोमबार देखि चर्चित प्रसोता मन्जु पौडेलले उदघोषण गरिरहेकी छन् । पौडेल पनि मेला महोत्सव मा उदघोषक को रूपमा सर्बाधिक रुचाइएकी पात्र हुन ।

यस्तै आज नै गायिका एलिना चौहान को पनि प्रस्तुती रहेको छ । लामिताल मा जारी महोत्सवमा डुंगा को पनि ब्यबस्था गरिएको छ । यस्तै महोत्सवमा थारु कला संस्कृति प्रदर्सनीको लागि अलग्गै थारु गाउँ बनाइएको छ ।

 

ताजा समाचार