सुदुरपश्चिम प्रादेशिक महोत्सव आज दर्शकले महोत्सव स्थल नै फुल

अत्तरिया, कैलालीको अत्तरियामा जारी सुदुरपश्चिम प्रादेशिक महोत्सव आज सोमबार दर्शकले महोत्सव स्थलनै फुल भएको थियो। महोत्सवमा आज अत्याधिक भिड थियो । माघी पर्बको पहिलो दिन महोत्सव दर्शकले महोत्सव स्थलनै बनेको हो ।

आयोजक अत्तरिया उधोग बाणीज्य संघका अध्यक्ष कल्याणसिं बोहराले सोमबार आज महोत्सबमा दर्शकको सहभागिता उल्लेखिय समय रहेको बताए । आजै गोदावरीमा माघी स्नानको समय पनि भएकाले माघी स्नान गर्नेहरु महोत्सबमा सहभागी भएका छन ।

महोत्सबमा आज धेरैपछि स्टेजमा फर्किएका सित्ताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको जोडीले प्रहसन गरेका थिए ।यस्तै कलाकार टेक बोगटी,टेक बिसी,आस्मा भण्डारी र सौगात ओझाले पनि आ आफ्नो प्रस्तुती राखेका थिए।

लामीताल परिसरमा जारी महोत्सवमा लामीतालमा डुङ्गामा रमाउनेहरुको सँख्या पनि उल्लेख्य नै रहेको थियो । महोत्सबमा बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी पनि आज मुख्य आकर्षणका रुपमा रहे ।

 

ताजा समाचार