अत्तरिया, कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको पाँचौ दिन चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ ।
आजको कार्यक्रममा कलाकारहरू धुर्मुस सुन्तली, टेक बोगटी, टेक बिसी, आस्मा भण्डारी र सौगात ओझा आउने भएका छन् भने उद्घोषकको रुपमा मन्जु पौडेल रहने छिन् । त्यसैगरी स्थानीय कल्बहरूको समेत विशेष प्रस्तुति रहने छ । पुस २६ गते बाट सुरु भएको महोत्सव पुमा ७ गतेसम्म चल्ने छ ।
लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।
महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क रहेको छ ।