आज र भोली पानी पर्न सक्ने सम्भावना

धनगढी, आजदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आजदेखि पश्चिमकी वायुको प्रभाव बढी रहने भएका कारण हल्का वर्षाको सम्भावना रहेको छ।

वर्षा भए पनि १० मिलिमिटरभन्दा कम नै वर्षा हुने उनको भनाइ छ। आज रातिदेखि गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मङ्गलवार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए। उनका अनुसार तराईमा लागिरहेको हुस्सु समेत भोलिदेखि हट्दै जानेछ।

 

ताजा समाचार