धनगढी, कैलालीको गोदावरी नगरपालिकाले गोदावरी धाममा भोलि लाग्ने (माघे) मकरसंक्रन्ति मेलमा निः शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
![](https://etigernews.com/wp-content/uploads/2024/01/bishal-shut-add.gif)
भोली माघ १ गते देखि लाग्ने मकर मेलाको लागि नगरपालिकाले श्रद्धालु भक्तजनहरूको आवतजावतको लागि यात्रु बसको सुविधा गर्ने भएको छ। नगरपालिकाले पत्रकार सम्मेलन गरी निः शुल्क बस सेवा दिने जानकारी गराएको हो।
![](https://etigernews.com/wp-content/uploads/2023/08/1558766367.gif)
आईतवार (आज) गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख वीरेन्द्र भट्टले गोदावरी मकर मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरुको आवतजावत हुने भएको कारण गोदावरी नगरपालिकाको तर्फबाट निः शुल्क ६ वटा बसको व्यवस्था गरेका बताए। उनले मेलामा आउने श्रद्धालु भक्तजनहरुको घुइचोलाई मध्यनजर गर्दै १ गते का दिन अत्तरियाबाट गोदावरी आउने जाने सुविधा राखेको बताए।
![](https://etigernews.com/wp-content/uploads/2023/08/nawaduga.gif)