सत्यवती बन्यो पालिकामै उत्कृष्ट नतिजा ल्याउने स्कुल

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका अन्तरगत शैक्षिक सत्र २०७९/०८० मा पालिका भरमै अत्तरियाको सत्यवती एकेडेमी उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । एकेडेमीले कक्षा १२ मा १ छात्र २ छात्रा गरी ३ जना र कक्षा ८ मा २ छात्रा लाई प्रमाण पत्र सहित पालिका द्वारा बधाई ज्ञापन गरेको छ । सत्यवती एकेडेमीबाट पुरुस्कार पाउनेहरुमा पारस धामी, जस्टिन महरा, मनिशा खड्का, बिभुती कडायत र अपेक्षा बिष्ट रहेका छन ।

गोदावरी नगरपालिकाले यसै बर्ष देखि पालिका भित्र सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रमाणोत्र सहित सम्मान गर्ने गरेको छ । शुक्रबार गोदावरी नगरपालिकाको सरस्वती माध्यमिक बिद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा शैक्षिक सत्र २०७९ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालय, विद्यार्थी र अवकाश पाएका शिक्षकलाई सम्मानित गरिएको हो ।

सम्मानित हुने विद्यालयमा कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने सरस्वती मावि सेहरी, दुर्गालक्ष्मी मावि, एभरेष्ट एकेडेमी, सत्यवती एकेडेमी, वेष्ट्रर्न जेनियस रहेका छन । त्यस्तै कक्षा १० मा उत्कृष्ट नजिता ल्याउने घण्टेश्वर मावि अत्तरिया, सरस्वती मावि गेटा, एभरेष्ट एकेडमी अत्तरिया रहेका छन । कक्षा १२ मा उत्कृष्ट नजिता ल्याउने सरस्वती मावि र सत्यवती एकेडेमी रहेका छन । उक्त विद्यालयहरूलाई कार्यक्रमका प्रमुख अतिथि रहेका नगरप्रमुख विरेन्द्र भट्टले सम्मानित गरेका थिए ।

 

कार्यक्रममा कक्षा ८, १० र १२ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत तर्फका विद्यार्थीलाई पनि सम्मानित गरिएको छ । सम्मानित हुनेमा सामुदायिक तर्फ कक्षा १२ बाट सरस्वती माविका छात्र कमल कुमार चौधरी, सरस्वती माविकै छात्रा कंञ्चल ढुङ्गाल र संस्थागत तर्फ सत्यवती एकेडेमी अत्तरियाका छात्र पारस धामी, छात्रा मनिषा खड्का र जस्टिन महरा रहेका छन ।

 

ताजा समाचार