३०२ औँ पृथ्वी जयन्ती तथा एकता दिवस अत्तरियामा मनायो

अत्तरिया,कैलालीको अत्तरियामा ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नं.४ को आयोजनामा कार्यक्रम गरिएको हो । अत्तरिया चोकमा दिवसको अवसरमा राप्रपा निकट नेता कार्यकर्ता र राजा समर्थकहरुले बाजागाजा सहित बजार परिक्रमा गरेका थिए।

चोकमा पृथ्वीनारायण शाह को तस्बिरमा माल्यार्पण गरेर कार्यक्रम शुरु भएको थियो । कैलाली ४ का क्षेत्रीय अध्यक्ष प्रेम बहादुर बोगटीको भई रहेको कार्यक्रममा प्रमुख अतिथि राप्रपा केन्द्रिय सदस्य पुष्करदत्त भट्ट रहेका छन् ।

यस्तै कार्यक्रममा राप्रपा नेत्री संगिता श्रेष्ठ ,प्रदेश सांसद खिमादेबी बिष्ट, पुर्ब सांसद कैंया चौधरी , गोदावरी नगर अध्यक्ष दुर्गा पोखरेल लगाएत का नेताहरू को सहभागीता रहेको थियो ।

 

 

ताजा समाचार