गोदावरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, नगरप्रमुख भट्टद्धारा उद्घाटन

अत्तरिया , कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका छन ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख भट्टले गोदावरीको समग्र विकासका लागि खेलकुदको महत्तपूर्ण भूमिका हुने बताए । खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गर्दै रेफ्रिहरुलाई हाम्रो भन्दा पनि राम्रो खेलाडीलाई प्रोत्साहन गर्न नगरप्रमुख भट्टले आग्रह गरे ।

पौष २९ गतेसम्म संञ्चालन हुने प्रतियोगितामा २१ सामुदायिक र २१ संस्थागत गरी ४२ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने आयोजकले जानकारी दिएको छ ।

 

ताजा समाचार